अनलाइन कक्षा पढाउँदा निजी विद्यालयले लिन पाउने शुल्क काठमाडाैं महानगरले ताेक्याे
- गाउँ सहर संवाददाता
- २ भदौ बुधबार, २०७८ | १७:१९:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना महामारीको समयमा निजी विद्यालयले वैकल्पिक विधि (अनलाइन)बाट पढाएको शुल्क निर्धारण गरेको छ ।
महानरले निजी विद्यालयलाई ‘क’, ‘ख’ र ‘ग’ तीन वर्गमा विभाजन गरेर शुल्क निर्धारण गरेको हो । महानगरपालिका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीका अनुसार विद्यालयले अभिभावकबाट तोकिएको मासिक शुल्कभन्दा बढी पाउने छैनन् ।
महानगरपालिले आफ्नो क्षेत्रभित्र सञ्चालित निजी विद्यालयका लागि पहिलो पटक मासिक शुल्क निर्धारण गरेको हो । कोरोना महामारीका कारण भौतिक उपस्थितिमा पढाइ हुन नसकेपछि विद्यालयले अनलाइन प्रविधिबाट पढाउने गरेका छन् । यस बापत विद्यालयले अभिभावकसँग शुल्क लिने गरेका छन् ।
अभिभावकले निजी विद्यालयले बढी शुल्क लिएको गुनासो गर्दै आएका छन् । गत साउन २१ गते भएको महानगरपालिकाको बैठकले शुल्क निर्धारण गर्ने निर्णय गरेको सुवेदीले बताए ।
महानगरले हाललाई साविकको जिल्ला शिक्षा कार्यालयले गरेको निजी विद्यालय वर्गीकरणका आधारमा शुल्क निर्धारण गरेको शिक्षा शाखा अधिकृत मोतिराज खनालले बताए ।
‘ग’ वर्गका निजी विद्यालयले कक्षा १ देखि ५ सम्म मासिक शिक्षण शुल्क १ हजार ८०० रुपैयाँ, ६ देखि ८ सम्म २ हजार २०० रुपैयाँ र ९ र १० कक्षा मासिक ३ हजार रुपैयाँ लिन पाउँनेछन् ।
‘ख’ वर्गका निजी विद्यालयले १ देखि ५ कक्षासम्म २ हजार २०० रुपैयाँ, ६ देखि ८ सम्म मासिक २ हजार ५०० रुपैयाँ, र ९ र १० कक्षामा मासिक ३ हजार ६०० रुपैयाँ लिन पाउने छन् ।
त्यस्तै ‘क’ वर्गका निजी विद्यालयले कक्षा १ देखि ५ सम्म २ हजार ५०० रुपैयाँ, ६ देखि ८ सम्म ३ हजार रुपैयाँ तथा ९ र १० कक्षामा मासिक ४ हजार २०० रुपैयाँ लिन पाउँनेछन् ।
खनालका अनुसार यो सामान्य अवस्थामा भौतिक उपस्थितिमा कक्षा सञ्चालन भएको अवस्थामा निजी विद्यालयले लिने मासिक शुल्क नै हो ।
कोरोना महामारीमा निजी विद्यालय र अभिभावकको सहमतिमा महानगरले तोकेको अधिकतम मासिक शुल्क तोकिएको हो ।
खनालका अनुसार अनलाइन माध्यमबाट पढाए बापत निजी विद्यालयले महानरले तोकेको अधिकतम मासिक शुल्कभन्दा कम लिन सक्नेछन् तर बढी लिन भने पाउने छैनन् ।
भौतिक उपस्थितिमा कक्षा सञ्चालनपछि मात्र अन्य सेवा सुविधा बापतको शुल्क लिन पाइने उनले बताए । खनालका अनुसार अनलाइन माध्यमबाट कक्षा सञ्चालन हुँदा विद्यार्थीले शिक्षण सिकाइबाहेक अन्य सुविधा नलिने भएकाले पढाइको शुल्कबाहेक अन्य शुल्क लिन पाइने छैन ।
महानरले तोकेको भन्दा बढी शुल्क लिएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने जनाइको छ । निजी विद्यालयले कोभिडको समयमा वार्षिक शुल्कमा ५० प्रतिशत छुट दिनुपर्नेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
प्रतिकृया दिनुहोस