गाउँ सहर

आज थपिएकासहित काठमाडौंमा सक्रिय संक्रमितको संख्या ११,५४५ पुगे

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६७७ जना, भक्तपुरमा ११७ जना र ललितपुरमा १६७ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ११ हजार ५४५ पुगेको छ । 

आज देशभर ३६ हजार ३६ जना होम आइसोलेसनमा, ३ हजार ३३५ जना संस्थागत आइसोलेसनमा, ७९५ जना आईसीयू तथा १९७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

 

गाउँ सहर संवाददाता