पशुपति शम्सेरद्वारा भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्न कुटनीतिक पहल गर्न माग
- गाउँ सहर संवाददाता
- ३२ श्रावण सोमबार, २०७८ | ०६:५६:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजान्तन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्सेर राणाले बेलायती सरकारसँग वार्ता गरेर भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्न कुटनीतिक पहल गर्न नेपाल सरकारसँग अपिल गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकारको तहबाट समस्या समाधान गर्न राप्रपा अध्यक्ष राणाले आइतबार अनुरोध गरेका हुन् ।
‘अनसनरत भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्न कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएँ । समस्या समाधानका लागि सरकारले बेलायती सरकारसँग गम्भीर छलफल गर्ने प्रधानमन्त्रीले प्रतिवद्धता जनाउनु भएको छ,’ प्रधानमन्त्री निवास बालवाटारमा भएको भेटवार्तापछि राणाले भने ।
‘सरकारको प्रतिवद्धता मन्त्रिपरिषदको वैठकद्वारा जानकारी गराउने पनि प्रधानमन्त्रीले आश्वासन दिनुभएको छ,’ उनले भने ।
गोर्खाहरु माथि दुई शताब्दीदेखि भएको विभेद अन्त्यका लागि बेलायती प्रधानमन्त्री निवास अगाडि लण्डनमा आठ दिनदेखि भूतपूर्व गोेर्खा सैनिकहरु अनसनमा छन् ।
भोक हडतालमा बसेका ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा राना घलेको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक हुँदै गएको बताइन्छ ।
भेटको क्रममा अफगानिस्तानमा रहेका नेपालीहरुलाई सकुशल स्वदेश फिर्ता ल्याउन पनि अध्यक्ष राणाले सरकारसँग माग गरेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस