पशुपति शम्सेरद्वारा भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्न कुटनीतिक पहल गर्न माग
- गाउँ सहर संवाददाता
- ३२ श्रावण सोमबार, २०७८ | ०६:५६:०० मा प्रकाशित
काठमाडौं । राष्ट्रिय प्रजान्तन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्सेर राणाले बेलायती सरकारसँग वार्ता गरेर भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्न कुटनीतिक पहल गर्न नेपाल सरकारसँग अपिल गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकारको तहबाट समस्या समाधान गर्न राप्रपा अध्यक्ष राणाले आइतबार अनुरोध गरेका हुन् ।
‘अनसनरत भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्न कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएँ । समस्या समाधानका लागि सरकारले बेलायती सरकारसँग गम्भीर छलफल गर्ने प्रधानमन्त्रीले प्रतिवद्धता जनाउनु भएको छ,’ प्रधानमन्त्री निवास बालवाटारमा भएको भेटवार्तापछि राणाले भने ।
‘सरकारको प्रतिवद्धता मन्त्रिपरिषदको वैठकद्वारा जानकारी गराउने पनि प्रधानमन्त्रीले आश्वासन दिनुभएको छ,’ उनले भने ।
गोर्खाहरु माथि दुई शताब्दीदेखि भएको विभेद अन्त्यका लागि बेलायती प्रधानमन्त्री निवास अगाडि लण्डनमा आठ दिनदेखि भूतपूर्व गोेर्खा सैनिकहरु अनसनमा छन् ।
भोक हडतालमा बसेका ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा राना घलेको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक हुँदै गएको बताइन्छ ।
भेटको क्रममा अफगानिस्तानमा रहेका नेपालीहरुलाई सकुशल स्वदेश फिर्ता ल्याउन पनि अध्यक्ष राणाले सरकारसँग माग गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस