कोरोनाबाट थप २० जनाको मृत्यु, ७६० सघन र १८६ जनाको भेन्टिलेटरमा उपचार हुँदै
- गाउँ सहर संवाददाता
- ३० श्रावण शनिबार, २०७८ | १६:१४:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट अहिलेसम्म १० हजार २५९ को मृत्यु भएको छ । कुल संक्रमित पिसिआरबाट ७ लाख ३० हजार ४७९ र एन्टिजेन विधिबाट ७४ हजार ७११ पुगेका छन् भने निको हुने ६ लाख ८० हजार ८१५ छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाभाइरसकाे कारण २० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ५७६ को परीक्षण हुँदा २ हजार ६२४ संक्रमित थपिएका छन् । जसमा महिला ४०.११ र पुरूष ५९.८९ प्रतिशत छन् ।
अहिलेसम्म भएका परीक्षण र पहिचान भएका संक्रमितमध्ये ७६० सघनमा र १८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार ३२० छ । जुन ९३.२ प्रतिशत हो ।
आजसम्म ३७ लाख ४९ हजार ४८४ जनाको पिसिआर परीक्षण भएको छ भने एन्टिजेन विधिबाट ३ लाख ९१ हजार ८३५ को परीक्षण भएको छ । देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ४११ र होम आइसोलेशनमा रहेको संख्या ३६ हजार २ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या ३ हजार ४०३ छ । देशमा सक्रिय संक्रमितको संख्या ३९ हजार ४०५ रहेको छ ।
अहिलेपनि २० देखि ६० वर्ष उमेर समूहमा संक्रमण उचो छ । गाउँ तथा सहरमा संक्रमण बढेको मन्त्रालयले बताएको छ ।
अहिलेसम्म कोरोनाविरुद्धको दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या ३३ लाख ३ हजार ५७८ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लाे संक्रमण दर १९.५ प्रतिशत र प्रति दशलाखमा मृत्यु ३४५.१ रहेकाे मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस