यस्ताे छ राष्ट्रिय वाणिज्य बैंकको चौथो त्रैमाससम्मको वित्तीय विवरण
- गाउँ सहर संवाददाता
- ३० श्रावण शनिबार, २०७८ | १३:३७:०० मा प्रकाशित

काठमाडौं । सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको आ.व.२०७७/७८ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरु प्रकाशित भएको छ । बैंकले यस अवधिमा ३ अर्ब ७९ करोड खुद मुनाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा बैंकको खुद मुनाफा ४ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा बैंकले कोभिड १९ बाट प्रभावित ग्राहकलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिएको, बैंंकको कर्जा सापटको ब्याजदर उल्लेखनीय रुपमा घटाएको र निक्षेपतर्फ आकर्षक व्याज प्रदान गरिएका कारण खुद व्याज आम्दानीमा कमी आएकोले खुद मुनाफा घटेको बैंकले जनाएको छ ।
२०७८ असार मसान्तमा बैंकको ग्राहक निक्षेप २ खर्ब ६४ अर्ब र खुद कर्जा तथा सापट १ खर्ब ९४ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा १४.३७ प्रतिशत र कर्जा तथा सापटमा २५ प्रतिशतले वृद्धि भएको छ ।
आव २०७७/७८ मा बैंकको शेयरधनी कोष ७ अर्ब १५ करोडले वृद्धि भई ३० अर्ब १८ करोड र कुल सम्पत्ति ४४ अर्ब रुपैयाँले वृद्धि भई ३ खर्ब १० अर्ब पुगेको छ ।
बैंंकको खुद नाफामा कमी आए पनि बैंंकको लगानीमा भएको मूल्य अभिवृद्धिको कारण समग्र आम्दानी तथा वैधानिक जगेडा कोषबाट रकम ट्रान्सफर भएकाले वितरण योग्य मुनाफामा उल्लेखनीय वृद्धि भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस