अर्थतन्त्र

३१ अर्ब खुद बीमाशुल्क संकलन गरेको नेपाल लाइफ इन्स्योरेन्सकाे सूचकहरू सकारात्मक

काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चौथो त्रैमाससम्ममा ३१ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले गत आवको यसै अवधिको तुलनामा खुद बीमाशुल्क १६.९३ प्रतिशतले बढाएको हो । गत आवको सोही अवधिमा कम्पनीले वर्षसम्म २७ अर्ब ३४ करोड ३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

इन्स्योरेन्सकोले ५३ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा १.०५ प्रतिशत अर्थात् ५५ लाख ६३ हजार रुपैयाँले खुद नाफा थप गरेको हो ।

चौंथो त्रैमासम्ममा कम्पनीले पुनर्बीमा कमिशनबाट २ करोड ६२ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ७ अर्ब ७७ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै बीमालेख धितोमा १९ अर्ब ५४ करोड ६३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

समीक्षा अवधिमा कम्पनीले ८ अर्ब ७८ करोड ४ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । भने २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ दावी भुक्तानी बक्यौता रहेको छ ।

गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ १ हजार ७ सय ८४ रुपैयाँ छ ।

कम्पनीले अभिकर्ताहरुका लागि तीन अर्ब ५५ करोड रुपैयाँ कमिसन वितरण गरेको छ । हाल कुल कायम बीमालेख संख्या १३ लाख ८१ हजार छ ।

कम्पनीले जीवन बीमा कोषको रकम २९.२९ प्रतिशतले थप गरेको छ । अघिल्लो आवमा कम्पनीको ८७ अर्ब २ करोड ६० लाख रुपैयाँ जीवन बीमा कोषमा मौज्दात थियो ।

जसमा २५ करोड ४८ लाख ६९ हजार रुपैयाँ थप गरी १ खर्ब १२ अर्ब ५१ करोड २९ लाख रुपैयाँ पुयाएको छ । साथै, गत आवमा कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड ९९ लाख रुपैयाँ, जगेडा कोषमा १ अर्ब १ करोड ६३ लाख रुपैयाँ र महाविपत्ती कोषमा ५८ लाख ८९ करोड रुपैयाँ छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत