नेपाल लाइफ इन्स्योरेन्सको नाफा ४२.७७ करोड
- गाउँ सहर संवाददाता
- २४ माघ बुधबार, २०८० | १७:३०:०० मा प्रकाशित

काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०्/८१ को दोस्रो त्रैमाससम्ममा १९ अर्ब ७१ करोड २३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।
यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ७.१३ प्रतिशतले धेरै हो। अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले १८ अर्ब ४० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ७ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको पहिलो त्रैमाससम्ममा यो रकम ६ अर्ब ५४ करोड ५८ लाख रुपैयाँमा सीमित थियो।
त्यस्तै समीक्षा अवधिमा कम्पनीले २४ अर्ब ९५ करोड ९० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा १०.८८ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा यो रकम २२ अर्ब ५१ करोड ५ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा बढेको छ। दोस्रो त्रैमासको अन्त्यसम्म कम्पनी ४२ करोड ७७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा १२.९० प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्ममा अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल खर्च बढेको छ।
कम्पनीको खर्च २७ अर्ब २९ करोड ५९ लाख रहेको छ। अघिल्लो वर्ष कम्पनीको खर्च २४ अर्ब ८८ करोड ३० लाख रुपैयाँ थियो। कम्पनीको रिटेन्ड अर्निङ्ग १ अर्ब ३ करोड रुपैयाँ रहेको छ ।
यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १०.४२ रुपैयाँ, पीई अनुपात ६२.८६ गुणा र प्रतिसेयर नेटवर्थ १२८.०१ रुपैयाँ रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
प्रतिकृया दिनुहोस