नेपाल लाइफ इन्स्योरेन्सद्वारा भूकम्प प्रभावितका लागि दश लाख बराबरको राहत सामग्री प्रदान
- गाउँ सहर संवाददाता
- २७ कार्तिक सोमबार, २०८० | ०६:१३:०० मा प्रकाशित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबार राति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडित जनताका लागि राहत सामाग्री वितरण गरेको छ । प्रभावित क्षेत्रको राहतको लागि कम्पनीले दश लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको छ ।
कम्पनीका कर्णाली प्रदेश प्रमुख अन्नत अधिकारीले नलगाड नगरपालिका, जाजरकोटका नगर प्रमुख डम्बर बहादुर रावतलाई २०० थान, भेरी नगरपालिकाका नगर प्रमुख दल बहादुर धर्तिलाई २०० थान र आठबिसकोट नगरपालिका रुकुम पश्चिम अन्तर्गत १४ नं वडाका अध्यक्ष हुकुम बहादुर पुनलाई ३०० थान गरि कुल ७०० कम्बल हस्तान्तरण गरेका छन् ।
न्यानो कपडाको अभावमा कष्टकर जिवनयापन गरिरहेका भूकम्पबाट पीडित जनताका लागि कम्पनीले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ७०० थान कम्बल प्रदान गरेको हो । भूकम्पका कारण बाहिर बस्नु परेको र चिसोका सामना गर्नु परेर दैनिक जीवन कस्टकर भैरहेको कारण कसैले पनि कठिन परिस्थिको सामना गर्नु नपरोस भन्ने उद्देश्यका साथ पीडित परिवारलाई कम्पनीले कम्बल वितरण गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले भूकम्प प्रभावित क्षेत्रका जनताको घाउमा मलम लगाउन सहयोग पुगोस् भन्ने अभिप्रायका साथ ७०० थान कम्बल प्रदान गरिएको कुरा बताए । अब आउने निकट भविष्यमा कम्पनीलले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा प्रमुख कार्यकारी अधिकृत पराजुलीले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस