५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- गाउँ सहर संवाददाता
- १९ असार बिहीबार, २०८२ | ०६:२९:०० मा प्रकाशित
काठमाडौं । सर्वोच्च अदालतले ५२ जना संवैधानिक पदाधिकारीविरुद्धको रिट खारेज गरिदिएको छ ।
बुधबार मध्यरातमा अदालतले फैसला सुनाउँदै रिट खारेज भएको जानकारी गराएको हो ।
अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै संवैधानिक अंगमा ५२ पदाधिकारीको नियुक्ति नै गैरकानुनी भन्दै खारेजीका लागि परेको रिट नै खारेज गरिदिएको हो ।
काठमाडौं । सर्वोच्च अदालतले ५२ जना संवैधानिक पदाधिकारीविरुद्धको रिट खारेज गरिदिएको छ ।
बुधबार मध्यरातमा अदालतले फैसला सुनाउँदै रिट खारेज भएको जानकारी गराएको हो ।
अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै संवैधानिक अंगमा ५२ पदाधिकारीको नियुक्ति नै गैरकानुनी भन्दै खारेजीका लागि परेको रिट नै खारेज गरिदिएको हो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार राति फैसला सुनाउँदै यस्तो ठहर गरेको हो ।
तत्कालीन प्रधानमन्त्री ओलीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी अध्यादेश’ जारी गर्दै नियुक्ति दिलाएका थिए । ओली नेतृत्वको संवैधानिक परिषद्ले दुई पटक गरी ५२ जना नियुक्त गरेको हो ।
न्यायाधीशहरुबीच रिट खारेजी कि आदेश जारी गर्ने भन्ने विषयमा राय बाझिएको पाइएको छ । तत्कालीन ओली सरकारले दुईपटकसम्म नियुक्ति गरेको थियो ।
अघिल्लो नियुक्तिमा न्यायाधीशहरुबीच राय बाझिएको थियो ।
मङ्सिर ३० को सिफारिस विरुद्ध पुस १ मा परेको रेट निवेदनमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र नकुल सुवेदी आदेश गर्ने पक्षमा, सपना प्रधान मल्ल, मनोज शर्मा र कुमार चुडालले रिट खारेज गर्ने पक्षमा राय राखेपछि राय बाझिएको थियो । त्यसपछि बहुमतबाट रिट खारेज भयो।
वैशाख २६ मा भएको दोस्रो नियुक्तिको सन्दर्भ अलग भएको भनेर सर्वसम्मतिबाटै रिट खारेज भएको थियो । पाँचै जना न्यायाधीश इजलासमा उपस्थित भएर रिट खारेजीको जानकारी गराएका थिए ।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले राय बाझिएको र को –को कुन पक्षमा रहेको भनेर जानकारी गराएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस