प्रतिनिधि सभा

प्रतिनिधि सभा बैठक आज बस्दै

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । 

आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७६’ सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

गाउँ सहर संवाददाता