स्वास्थ्य

देशभर काेराेना : थपिए ३४८१ जना संक्रमित, ३० जनाको मृत्यु

काठमाडाैं । देशभर थप ३ हजार ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार बुधबार देशभर ३ हजार ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । कुल १६ हजार ६५६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । १० हजार ९०७ पीसीआर तथा ५ हजार ७ सय ४९ एन्टिजेन परीक्षण भएको छ ।

यो संख्या मंगलबारको भन्दा कम हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । यसै अवधिमा एक हजार ८८५ जना कोरोनामुक्त भएका छन् ।

 

गाउँ सहर संवाददाता