स्वास्थ्य

काठमाडाैं उपत्यकामा एकैदिन ११८६ जना कोरोना संक्रमित थपिए

काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ११८६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ७९५, भक्तपुरमा १५२ र ललितपुरमा २३९ जना कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घन्टामा देशभर थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भएको छ ।

देशभर हालसम्म ३७ हजार ३३२ सक्रिय संक्रमित छन् । मंगलबार २ हजार ११५ जना संक्रमणमुक्त भएका छन् ।

गाउँ सहर संवाददाता