गाउँ सहर

काठमाडाैं उपत्यकाका तीन सिडिओ निषेधाज्ञा आदेश : पालना कम, उल्लङ्घन बढी

काठमाडाैं । काठमाडौं उपत्यकामा बिहीबारदेखि राति आठ बजेपछि सवारी साधन चलाउन निषेध गरिएको छ । 

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले सो निर्णय गरेका हुन् । 

निषेधाज्ञाको अरु मोडालिटी पहिलेकोलाई नै निरन्तरता दिइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । निषेधाज्ञाको समय भदौ ८ सम्म थप गरिएको छ ।

सिडिओहरूको बैठकले उपत्यकामा भदौ ८ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको छ । अहिले जारी निषेधाज्ञा भोलि बुधबार सकिँदैछ । अरू निर्णयहरू साबिककै भएको प्रजिअ भट्टराईले बताए ।  तर निषेधाज्ञा ताेकिएका गर्न हुने र नहुने आदेश भने कमै मात्रै पालना भएको देखिन्छ । सर्वसाधारणले आदेश पालना नगर्दा कागजै सीमित भएकाे देखिन्छ । 

गाउँ सहर संवाददाता