विश्वभर काेराेना : १ कराेड ६४ लाखमा काेराेना भाइरस सक्रिय, ९९ हजार गम्भिर, १८ कराेड ३३ लाख निकाे
- गाउँ सहर संवाददाता
- २६ श्रावण मंगलबार, २०७८ | ०८:३४:०० मा प्रकाशित

काठमाडौं । पछिल्लाे समय विश्वभर पुन: काेराेनाका संक्रमित बढ्न थालेकाे छ । पछिल्लाे २४ घण्टामा ५ लाख २२ हजार थपिएका छन् भने ८ हजार ३४ काे मृत्यु भएकाे छ । त्यसैगरि ५ लाख ७ हजार जना निकाे भएका छन् ।
संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १८ करोड ३३ लाख १९ हजार जनाभन्दा बढि छन् । विश्वभर हाल १ कराेड ६४ लाख ९७ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २० करोड ४१ लाख ३३ हजार नाघेको छ भने मृतकको संख्या ४३ लाख १६ हजार १०५ जना पुगेको छ ।
यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९९ हजार २४२ जनाको अवस्था गम्भीर छ ।
भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढि संक्रमित र मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ६७ लाख ८० हजार भन्दा बढि संक्रमितमध्ये त्यहाँ अहिलेसम्म ६ लाख ३३ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १६ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ९९ लाख २३ हजार भन्दा बढि जना निको भइसकेका छन् भने पछिल्लाे २४ घण्टामा १ लाख २ हजार थपिएसँगै कुल ६२ लाख २३ हजारमा भाइरस सक्रिय छ ।
दाेस्राे नम्बरमा रहेकाे भारतमा थप ३७६ जनाकाे मृत्युसँगै कुल संख्या ४ लाख २८ हजार ७१५ जनाकाे ज्यान गइसकेकाे छ । पछिल्लाे २४ घण्टामा २७ हजार ४२९ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड १९ लाख ९७ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ ।त्यसैगरि हालसम्म ३ कराेड ११ लाख ७३ हजार जना निको भएका छन् । सक्रिय केस ३ लाख ९४ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
ब्राजिलमा पछिल्लाे २४ घण्टामा १२ हजार संक्रमित भएका छन् भने २३७ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ५ लाख ६३ हजारभन्दा बढी छन् । हाल ६ लाख ७५ हजार जनामा काेराेना भाइरस सक्रिय छ । हालसम्म २ कराेड १ लाख ७८ हजार जना संक्रमितमध्ये १ कराेड ८९ लाख ३९ हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।
नेपालमा भाइरस संक्रमित ७ लाख १७ हजार ४८६ जना पुगेका छन् भने ६ लाख ७१ हजार ८३ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १० हजार ११५ पुगेको छ भने ३६ हजार २८८ जना उपचाररत छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस