विश्वभर काेराेना : हालसम्म १८ करोड २७ लाख जना निकाे, ४३ हजारकाे मृत्यु, ९८ हजार सिकिस्त
- गाउँ सहर संवाददाता
- २५ श्रावण सोमबार, २०७८ | ०८:३३:०० मा प्रकाशित
काठमाडौं । पछिल्लाे समय विश्वभर पुन: काेराेनाका संक्रमित बढ्न थालेकाे छ । पछिल्लाे २४ घण्टामा ३ लाख ९७ हजार थपिएका छन् भने ८ हजार २२ काे मृत्यु भएकाे छ । त्यसैगरि ४ लाख ७२ हजार जना निकाे भएका छन् ।
संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १८ करोड २७ लाख ४० हजार जनाभन्दा बढि छन् । विश्वभर हाल १ कराेड ६३ लाख ९३ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २० करोड ३४ लाख ४१ हजार नाघेको छ भने मृतकको संख्या ४३ लाख ७ हजार ३८७ जना पुगेको छ ।
यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९८ हजार ८८० जनाको अवस्था गम्भीर छ ।
भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढि संक्रमित र मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ६५ लाख ४३ हजार भन्दा बढि संक्रमितमध्ये त्यहाँ अहिलेसम्म ६ लाख ३३ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १५ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ९८ लाख ५ हजार भन्दा बढि जना निको भइसकेका छन् भने पछिल्लाे २४ घण्टामा २४ हजार थपिएसँगै कुल ६० लाख ५१ हजारमा भाइरस सक्रिय छ ।
दाेस्राे नम्बरमा रहेकाे भारतमा थप ४४७ जनाकाे मृत्युसँगै कुल संख्या ४ लाख २८ हजार ३३९ जनाकाे ज्यान गइसकेकाे छ । पछिल्लाे २४ घण्टामा ३६ हजार ३५ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड १९ लाख ६९ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ ।त्यसैगरि हालसम्म ३ कराेड ११ लाख ३१ हजार जना निको भएका छन् । सक्रिय केस ४ लाख ९ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
ब्राजिलमा पछिल्लाे २४ घण्टामा १३ हजार संक्रमित भएका छन् भने ३३८ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ५ लाख ६३ हजारभन्दा बढी छन् । हाल ६ लाख ९४ हजार जनामा काेराेना भाइरस सक्रिय छ । हालसम्म २ कराेड १ लाख ६५ हजार जना संक्रमितमध्ये १ कराेड ८९ लाख ७ हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।
नेपालमा भाइरस संक्रमित ७ लाख १४ हजार ८७७ जना पुगेका छन् भने ६ लाख ६९ हजार २९९ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १० हजार ९३ पुगेको छ भने ३५ हजार ४८५ जना उपचाररत छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस