साताकाे पहिलाे दिन शेयरबजारमा लगानीकर्ताहरूकाे जलविद्युत र विकास बैंकमा आकर्षण
- गाउँ सहर संवाददाता
- २४ श्रावण आइतबार, २०७८ | १५:३८:०० मा प्रकाशित
काठमाडाैं । आइतबार शेयर काराेबारन मापन परिसूचक नेप्से सामान्य अंकले बढेकाे छ । यस दिन नेप्से परिसूचक ०.६६ अंक बढेर ३१०८.१२ विन्दुमा पुगेको छ ।
२ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता सेयर १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८८७ रुपैयाँमा कारोबार भएको छ ।
यसदिन ९८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
६ कम्पनीको शेयर सकारात्मक उच्च तहमा कारोबार भएको छ । यस दिन अपि पावर, कर्पोरेट डेभलपमेन्ट बैंक, यूनिभर्सल पावर, जीवन विकास लघुवित्त, ङादी ग्रुप र युनियन लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
एनआईसी एशियाको ऋणपत्र, ग्रामीण विकास लघुवित्तलगायतकाे शेयरमूल्य घटेको छ ।
जलविद्युत र विकास बैंकमा लगानीकर्ताको आकर्षण बढ्दा लघुवित्त र बीमा कम्पनीहरुको शेयरमूल्य भने घटेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस