साताकाे पहिलाे दिन शेयरबजारमा लगानीकर्ताहरूकाे जलविद्युत र विकास बैंकमा आकर्षण
- गाउँ सहर संवाददाता
- २४ श्रावण आइतबार, २०७८ | १५:३८:०० मा प्रकाशित

काठमाडाैं । आइतबार शेयर काराेबारन मापन परिसूचक नेप्से सामान्य अंकले बढेकाे छ । यस दिन नेप्से परिसूचक ०.६६ अंक बढेर ३१०८.१२ विन्दुमा पुगेको छ ।
२ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता सेयर १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८८७ रुपैयाँमा कारोबार भएको छ ।
यसदिन ९८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
६ कम्पनीको शेयर सकारात्मक उच्च तहमा कारोबार भएको छ । यस दिन अपि पावर, कर्पोरेट डेभलपमेन्ट बैंक, यूनिभर्सल पावर, जीवन विकास लघुवित्त, ङादी ग्रुप र युनियन लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
एनआईसी एशियाको ऋणपत्र, ग्रामीण विकास लघुवित्तलगायतकाे शेयरमूल्य घटेको छ ।
जलविद्युत र विकास बैंकमा लगानीकर्ताको आकर्षण बढ्दा लघुवित्त र बीमा कम्पनीहरुको शेयरमूल्य भने घटेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस