कोरोनाबाट थप १९ जनाको मृत्यु, निको हुने प्रतिशत ९३.६, खाेपकाे दुबै डाेज पाउने २३ लाख ५९ हजार ७९३
- गाउँ सहर संवाददाता
- २३ श्रावण शनिबार, २०७८ | १६:५८:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट अहिलेसम्म १० हजार ३८ को मृत्यु भएको छ । कुल संक्रमित पिसिआरबाट ७ लाख १२ हजार ७४० र एन्टिजेन विधिबाट ६८ हजार ६७ पुगेका छन् भने निको हुने ६ लाख ६७ हजार २७० छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाभाइरसकाो कारण १९ जना मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ५७३ को परीक्षण हुँदा ३ हजार २१८ संक्रमित थपिएका छन् । जसमा महिला ३९.९७ र पुरूष ६०.०३ छन् ।
अहिलेसम्म भएका परीक्षण र पहिचान भएका संक्रमितमध्ये ७४६ सघनमा र १६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार ७२२ छ । जुन ९३.६ प्रतिशत हो ।
आजसम्म ३६ लाख ७४ हजार ७०१ जनाको पिसिआर परीक्षण भएको छ भने एन्टिजेन विधिबाट ३ लाख ५४ हजार २५० को परीक्षण भएको छ । देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ४४३ र होम आइसोलेशनमा रहेको संख्या ३२ हजार २७ छ । यस्तै संस्थागत आइसोलेशनमा रहेको संख्या ३ हजार ४०५ छ ।
देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ रहेको छ ।
अहिलेपनि २० देखि ६० वर्ष उमेर समूहमा संक्रमण उचो छ । गाउँमा संक्रमण बढेको मन्त्रालयले बताएको छ ।
अहिलेसम्म कोरोनाविरुद्धको दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या २३ लाख ५९ हजार ७९३ पुगेको मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस