कोरोनाबाट थप १९ जनाको मृत्यु, निको हुने प्रतिशत ९३.६, खाेपकाे दुबै डाेज पाउने २३ लाख ५९ हजार ७९३
- गाउँ सहर संवाददाता
- २३ श्रावण शनिबार, २०७८ | १६:५८:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाबाट अहिलेसम्म १० हजार ३८ को मृत्यु भएको छ । कुल संक्रमित पिसिआरबाट ७ लाख १२ हजार ७४० र एन्टिजेन विधिबाट ६८ हजार ६७ पुगेका छन् भने निको हुने ६ लाख ६७ हजार २७० छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाभाइरसकाो कारण १९ जना मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ५७३ को परीक्षण हुँदा ३ हजार २१८ संक्रमित थपिएका छन् । जसमा महिला ३९.९७ र पुरूष ६०.०३ छन् ।
अहिलेसम्म भएका परीक्षण र पहिचान भएका संक्रमितमध्ये ७४६ सघनमा र १६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार ७२२ छ । जुन ९३.६ प्रतिशत हो ।
आजसम्म ३६ लाख ७४ हजार ७०१ जनाको पिसिआर परीक्षण भएको छ भने एन्टिजेन विधिबाट ३ लाख ५४ हजार २५० को परीक्षण भएको छ । देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ४४३ र होम आइसोलेशनमा रहेको संख्या ३२ हजार २७ छ । यस्तै संस्थागत आइसोलेशनमा रहेको संख्या ३ हजार ४०५ छ ।
देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ रहेको छ ।
अहिलेपनि २० देखि ६० वर्ष उमेर समूहमा संक्रमण उचो छ । गाउँमा संक्रमण बढेको मन्त्रालयले बताएको छ ।
अहिलेसम्म कोरोनाविरुद्धको दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या २३ लाख ५९ हजार ७९३ पुगेको मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
प्रतिकृया दिनुहोस