राजनीति

महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिकालाई लिएर २८ गते कांग्रेसकाे बैठक बस्दै

काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७८ श्रावण २८ गते दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्ने भएको छ ।

बैठकमा पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने मुख्यसचिव कृष्णप्रसाद पाैडेलले बताए ।

"उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ", पाैडेलले भने ।

गाउँ सहर संवाददाता