कोरोनाबाट थप २५ जनाको मृत्यु, नयाँ ३ हजार ७२९ संक्रमित थपिए, संक्रमण दर १९.४ प्रतिशत
- गाउँ सहर संवाददाता
- २२ श्रावण शुक्रबार, २०७८ | १७:२७:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १५ हजार ६७५ को परीक्षण हुँदा ३ हजार ७२९ संक्रमित थपिएका छन् । जसमा ६०.०४ पुरुष र ३९.९६ महिला छन् ।
आजसम्म जम्मा ३६ लाख ६५ हजार ८३५ पिसिआर र ३ लाख ४९ हजार ५४३ जनाको एन्टिजेन परीक्षण भएको छ । जसमा ७ लाख ५०९ पिसिआरबाट संक्रमण पुष्टि भएका छन् भने एन्टिजेनबाट ६७ हजार ८० पुष्टि भएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ७३२ सघन र १५८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार ८८५ छ । निको हुनेको प्रतिशत ९४ छ । योसहित कुल निको हुनेको संख्या ६ लाख ६५ हजार ५४८ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३५६ र होम आइसोलेशनमा रहेको संख्या ३१ हजार ४२७ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या ३ हजार ५१५ छ ।
देशमा सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ रहेको छ ।
अहिलेसम्म दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या २२ लाख ८ हजार ५५ पुगेको मन्त्रालयले जनाएको छ ।
उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
पछिल्लो समय कोरोना संक्रमण सोचेजस्तो नघटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । उसले विज्ञप्ति जारी गरीसंक्रमणको दर बढेको बताएको हो । उसले लुकिछिपी मापदण्डको पालना नगरेको पाइएको बताएको छ ।
संक्रमणको जोखिम बढिरहेको समयमा झनै सम्बेदनशील रहनुपर्ने र जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, रुपन्देही र सुर्खेत रहेका छन् भने २०० माथि संक्रमित रहेका २० जिल्लाहरु छन् ।
मन्त्रालयका अनुसार संक्रमण दर १९.४ प्रतिशत र मृत्यु प्रति दश लाख जनसंख्यामा ३३७.७ रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
प्रतिकृया दिनुहोस