कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान आजदेखि सुरु
- गाउँ सहर संवाददाता
- २२ श्रावण शुक्रबार, २०७८ | ०८:४०:०० मा प्रकाशित

काठमाडाैं । कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान आजदेखि सुरु हुँदैछ । गएको असार २९ गतेदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले आजदेखि दोस्रो डोज पाउने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय र पालिकाहरुले तोकेको केन्द्रमा गएर खोप लगाउन विभागले आग्रह गरेको छ । दोस्रो डोज खोप लगाउन जाँदा पहिलो खोप लगाएको कार्ड र सम्भव भएमा यसअघि वेबसाइटमा दर्ता गरेको नम्बर लिएर जान पनि सरकारको आग्रह छ । अहिलेसम्म खोप नलगाएकाहरुले खोपका लागि स्वास्थ्य मन्त्रालयको वेबसाइटमा अनिवार्य नाम दर्ता गर्न सरकारले यसअघि नै भनिसकेको छ ।
यस्तै आउँदो २५ देखि ३२ गतेसम्म सरकारले खोप सप्ताह मनाउने भएको छ । खोप सप्ताहमा जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख गरी ११ लाख डोज खोप लगाउने तयारी छ । दुवै देशबाट भोलि र पर्सिसम्म खोप आइसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म ४३ लाख ५९ हजार २ सय ७७ जनाले पहिलो मात्रा र २१ लाख ३० हजार नौ सय जनाले पूर्ण खोप लगाएका छन् । नेपालमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप प्रयोग भएको छ ।
यसअघि स्वास्थ्य मन्त्रालयले साउन २२ गतेदेखि दोस्रो डोज लगाउने अभियान सन्चालन गर्न ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस