कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान आजदेखि सुरु
- गाउँ सहर संवाददाता
- २२ श्रावण शुक्रबार, २०७८ | ०८:४०:०० मा प्रकाशित
काठमाडाैं । कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान आजदेखि सुरु हुँदैछ । गएको असार २९ गतेदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले आजदेखि दोस्रो डोज पाउने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय र पालिकाहरुले तोकेको केन्द्रमा गएर खोप लगाउन विभागले आग्रह गरेको छ । दोस्रो डोज खोप लगाउन जाँदा पहिलो खोप लगाएको कार्ड र सम्भव भएमा यसअघि वेबसाइटमा दर्ता गरेको नम्बर लिएर जान पनि सरकारको आग्रह छ । अहिलेसम्म खोप नलगाएकाहरुले खोपका लागि स्वास्थ्य मन्त्रालयको वेबसाइटमा अनिवार्य नाम दर्ता गर्न सरकारले यसअघि नै भनिसकेको छ ।
यस्तै आउँदो २५ देखि ३२ गतेसम्म सरकारले खोप सप्ताह मनाउने भएको छ । खोप सप्ताहमा जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख गरी ११ लाख डोज खोप लगाउने तयारी छ । दुवै देशबाट भोलि र पर्सिसम्म खोप आइसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म ४३ लाख ५९ हजार २ सय ७७ जनाले पहिलो मात्रा र २१ लाख ३० हजार नौ सय जनाले पूर्ण खोप लगाएका छन् । नेपालमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप प्रयोग भएको छ ।
यसअघि स्वास्थ्य मन्त्रालयले साउन २२ गतेदेखि दोस्रो डोज लगाउने अभियान सन्चालन गर्न ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस