स्वास्थ्य

बच्चाहरूमा ‘लङ्ग कोभिड’ को जोखिम धेरै कम, अधिकांश संक्रमित बच्चाहरू एक हप्ताभित्र निको हुन्छन्

काठमाडाैँ । विश्वमा काेभिडकाे तस्राे लहर र बच्चामा पर्नसक्ने असरहरू बारेमा बहस भइरहेकाे बेला थाेरै भएपनि चिन्ता कम गर्ने दाबी गरिएकाे छ ।

कोरोनासंग लडिरहेका अधिकांश संक्रमित बच्चाहरू एक हप्ताभित्र निको हुन्छन् । लङ्ग काेभिडकाे लक्षण केहि बच्चाहरूमा मात्र देखिन्छ । किंग्स कलेज लण्डनका शोधकर्ताहरूले आफ्नो भर्खरको अनुसन्धानमा यो दाबी गरेका हुन् ।

अनुसन्धानकर्ता भन्छन्, प्रत्येक २० बच्चाहरू मध्ये १ भन्दा कममा लामो समयसम्म कोभिडको लक्षण देखाउन सक्छन् । यी लक्षणहरु ४ हप्ता भन्दा बढीको लागि देखा पर्दछ र बच्चा ८ हप्ता भित्र उनीहरू पूर्ण निकाे हुन्छन् । बच्चाहरूमा देखिने सबैभन्दा साधारण लक्षणहरूमा टाउको दुखाइ, थकान, गला दुख्ने र गन्ध चिन्न असमर्थता हुन् ।

लेन्सेट चाइल्ड एण्ड हेल्थ जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार, कोभिड - १९ बाट संक्रमित ४.४% बालबालिकाहरूमा मात्र एक महिना भन्दा बढी समयसम्म कोभिडको लक्षण देखिएको छ ।

किंग्स कलेजकी प्राध्यापक एम्मा डन्कन भन्छिन्, 'संक्रमणपछि बच्चाहरुमा मस्तिष्कको समस्या जस्तै मांसपेशीकाे समस्या, बेचैनी देखिएको छैन । यसले प्रमाणित गर्दछ कि बच्चाहरूमा लङ्ग काेभिडकाे घटनाहरू दुर्लभ छन् ।

यो अनुसन्धान कोभिड एप 'जो' को मद्दतबाट तयार गरिएको हो, जुन आमाबाबु र बच्चाहरूको हेरचाहद्वारा प्रयोग गरिन्छ । एपमा ५ देखि १७ वर्ष उमेर समूहका २.५ लाख भन्दा बढी बच्चाहरूको स्वास्थ्य तथ्यांक समावेश थियाे । सेप्टेम्बर २०२० देखि फेब्रुअरी २०२१ को बीचको अनुसन्धानको क्रममा ७ हजार बालबालिकामा मात्रै कोभिडको लक्षण देखिएको थियो ।

यी मध्ये १,७३४ बालबालिका यस्ता थिए जसको कोरोनाबाट संक्रमित हुने र पूर्ण निको हुने समय पत्ता लगाइएकाे थियो । यी मध्ये ५-११ वर्षका बच्चाहरूलाई कोरोना हराउन ५ दिन लाग्यो । त्यहिँ १२ देखि १७ वर्षका बच्चाको लागि ७ दिन लाग्यो, ठीक हुन । ती बच्चाहरु मध्ये धेरै थोरै थिए जो ४ हप्तासम्म कोरोनाको लक्षण देखाइरहेका थिए ।

अनुसन्धानकर्ताहरूका अनुसार वयस्कहरुको तुलनामा बच्चाहरूमा कोभिड हुने जोखिम धेरै कम छ । धेरै बच्चाहरू जो संक्रमित छन् उनीहरुमा लक्षण देखिएकाे छैन वा हल्का मात्र लक्षणहरू छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत