एमाले नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै, सरकारमा जाने/नजाने निर्णय हुनसक्ने
- गाउँ सहर संवाददाता
- २१ श्रावण बिहीबार, २०७८ | ०८:४५:०० मा प्रकाशित
काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज (बिहीबार) बस्दैछ । बिहान ११ बजेपछि बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक सुरु हुनेछ ।
वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता, सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्न आफ्नो खेमाको केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।
तर एमाले संस्थापन समूहले भने एमालेका तर्फबाट आज केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको जनाएको छ ।
‘पटक पटक एमालेको नामबाट अनाधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधानविपरीत हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्यकर्ताहरूमा अपिल गरिन्छ’, एमाले पार्टी सचिव शेरबहादुर तामाङद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा उल्लेख छ ।
एमालेभित्र लामो समयदेखि जारी विवाद अझै समाधान हुन सकेको छैन । नेता नेपालले सम्मानजनक एकता हुनुपर्ने बताउँदै आएका छन् ।
तर एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल बाहेकलाई मात्रै पार्टीमा स्थान दिन सकिने बताउँदै आएका छन् । दुवै समूह लचक नभएपछि एकता हुन नसकेकाे हाे ।
आज बस्ने बैठकले सरकारमा जाने अथवा नजाने औपचारिक निर्णय गर्ने नेताहरूले बताएका छन् ।
देउवालाई विश्वासको मत नदिएका खनाल-नेपाल समूहका नेताहरू सरकारमा जान नहुने पक्षमा छन् । उनीहरूले पार्टी एकता गरेर जानुपर्नेमा जोड दिइरहेका छन् । तर, तेस्रो तहका नेता तथा सांसदहरू भने सरकारमा सहभागी हुनुपर्ने भन्दै नेता नेपाललाई दबाब दिइरहेका छन् ।
यही द्वन्द्वकाबीच औपचारिक निर्णय गर्न खनाल-नेपाल समूहले केन्द्रीय कमिटी बैठक डाकेको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
प्रतिकृया दिनुहोस