प्रसूति बिदा ६ महिना पुर्याउने सरकारको प्रस्ताव
- गाउँ सहर संवाददाता
- ६ असोज मंगलबार, २०८३ | ०९:४२:०० मा प्रकाशित
काठमाडौँ। सरकारले सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलाको तलबसहितको प्रसूति बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्याउने प्रस्ताव गरेको छ ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो । विधेयक स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिनिधि सभामा दर्ता गरेकी हुन्।
विश्व स्वास्थ्य सङ्गठनको सिफारिसअनुसार शिशुलाई जन्मेको छ महिनासम्म पूर्ण स्तनपान गराउनुपर्ने भएकाले कामकाजी महिलालाई पर्याप्त समय उपलब्ध गराउने उद्देश्यले बिदा बढाउन प्रस्ताव गरिएको सरकारले जनाएको छ ।
विधेयकमा पुरुष कर्मचारीको प्रसूति स्याहार बिदा १५ दिनबाट बढाएर ४२ दिन पुर्याउने प्रस्तावसमेत गरिएको छ । चिकित्सकको सिफारिसमा जटिल शल्यक्रिया गर्नुपर्ने अवस्थामा थप ३० दिन बिदा दिने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।
यस्तै, गर्भावस्थादेखि सुत्केरी अवस्थासम्म महिलामाथि शारीरिक, मानसिक वा यौन हिंसा गर्न नहुने तथा बलपूर्वक गर्भपतन गराउने कार्यलाई कसुर मान्ने गरी कानुनी व्यवस्था थप गर्न प्रस्ताव गरिएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस