अस्ट्रेलियामा जाने राष्ट्रिय क्रिकेट टोलीलाई गरियो बिदाइ, ललितको ठाउँमा शाहव आलम खेल्ने
- गाउँ सहर संवाददाता
- २५ श्रावण आइतबार, २०८२ | १९:२३:०० मा प्रकाशित

काठमाडौं । टप एन्ड टी-२० सिरिज खेल्न अस्ट्रेलियामा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार एक कार्यक्रमको आयोजना गर्दै टोलीलाई बिदाइ गरेको हो।
अगस्ट १४ बाट सुरु हुने सिरिजका लागि नेपाली टोली सोमबार अस्ट्रेलिया उड्ने छ। अस्ट्रेलिया जाने खेलाडीमा एक परिवर्तन भएको छ। मातृशोकमा परेका ललित राजवंशीको ठाउँमा शाहव आलमले खेल्ने भएका छन्।
नेपाली टीममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र शाहव आलम रहेका छन्।
नेपाली टोली टी-२० विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया जानु अघि नयाँ जर्सी प्रायोजन पनि सार्वजनिक गरिएको छ। आइतबार क्यान र नासा सेक्युरिटिजबीच प्रायोजन सम्झौता गरिएको हो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै उकालाे
- एकतीस अंकले घटेकाे नेप्सेमा पनि यी कम्पनीले कमाए
- सुदूरपश्चिममा आज गौरापर्व मनाइँदै, दुई दिन सार्वजनिक बिदा
- चिलिमे जलविद्युत् केन्द्र बन्द
- चिनियाँ राष्ट्रपति सीसामु ‘प्रधानमन्त्री ओलीले जनाए आपत्ति’
- मनाङ १ (२) मा कात्तिक १७ गते नै उपनिर्वाचन गर्ने आयोगको निर्णय
- नेपाल प्रहरीको ३२औँ आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त
- सुनको भाउमा ताेलामै नाघ्यो २ लाख
- ३८ अंकले घट्यो नेप्से परिसूचक, कारोबार ८ अर्ब माथि
- सुनको मूल्य हालसम्मकै उच्च, ताेलाकाे कति ?
प्रतिकृया दिनुहोस