अस्ट्रेलियामा जाने राष्ट्रिय क्रिकेट टोलीलाई गरियो बिदाइ, ललितको ठाउँमा शाहव आलम खेल्ने
- गाउँ सहर संवाददाता
- २५ श्रावण आइतबार, २०८२ | १९:२३:०० मा प्रकाशित
काठमाडौं । टप एन्ड टी-२० सिरिज खेल्न अस्ट्रेलियामा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार एक कार्यक्रमको आयोजना गर्दै टोलीलाई बिदाइ गरेको हो।
अगस्ट १४ बाट सुरु हुने सिरिजका लागि नेपाली टोली सोमबार अस्ट्रेलिया उड्ने छ। अस्ट्रेलिया जाने खेलाडीमा एक परिवर्तन भएको छ। मातृशोकमा परेका ललित राजवंशीको ठाउँमा शाहव आलमले खेल्ने भएका छन्।
नेपाली टीममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र शाहव आलम रहेका छन्।
नेपाली टोली टी-२० विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया जानु अघि नयाँ जर्सी प्रायोजन पनि सार्वजनिक गरिएको छ। आइतबार क्यान र नासा सेक्युरिटिजबीच प्रायोजन सम्झौता गरिएको हो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस