नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा स्टुअर्ट ल, महिला क्रिकेट टिमका कन्सल्टेन्ट प्रशिक्षकमा झा
- गाउँ सहर संवाददाता
- १६ चैत शनिबार, २०८१ | ०७:३४:०० मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा चर्चित अस्ट्रेलियन क्रिकेटर स्टुअर्ट ल नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघले शुक्रबार एक विज्ञप्ति निकाल्दै यसबारे जानकारी दिएको हो । क्यानले स्टुअर्ट ललाई आगामी दुई वर्षको लागि नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ।
क्यानका अनुसार, प्रमुख प्रशिक्षक पदका लागि विश्वभरबाट ७० जनाले आवेदन दिएका थिए। ती आवेदनहरू मध्येबाट उत्कृष्ट १० जनाको नाम सर्टलिस्ट गरिएको थियो । क्यानले ती १० जनामध्येबाट अन्तर्वार्ता लिई स्टुअर्टलाई छनोट गरेको हो।
नयाँ प्रशिक्षकको छनोट प्रक्रियामा अघिल्लो कार्यकालका केही प्रशिक्षकहरूले समेत पुनस् आवेदन दिएका थिए । मोन्टी देसाई बिदा भएपछि अब नेपाली टोली सम्हाल्न चर्चित अस्ट्रेलियन क्रिकेटर आउने भएका हुन् ।
संघको शुक्रबार भैरहवामा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रशिक्षक नियुक्तिको निर्णय गरेको हो । मार्चको अन्त्यदेखि सम्झौता लागु हुनेछ । तर के कति रकममा अनुबन्ध गराइएको विषयलाई सार्वजनिक नगरिने क्यानका प्रवक्ता छुम्बी लामाले बताए । उनी एक देखि डेढ साता्ा नेपाल आइपुग्ने पनि लामाले जानकारी दिए ।
ल अष्ट्रेलियाका पूर्व क्रिकेटर हुन् । खेल जीवनमा उत्कृष्ट ब्याट्सम्यानका रूपमा पहिचान उनले बनाएका थिए । सन् १९६८ अक्टोबर १८ मा ब्रिस्बेनमा जन्मेका लले घरेलु क्रिकेटमा क्विन्सल्याण्डबाट खेलेका थिए । उनले अष्ट्रेलियाको राष्ट्रिय टिमबाट सन् १९९५ मा एक टेस्ट खेल खेलेका थिए ।
सन् १९९४ देखि १९९९ सम्म ५४ एकदिवसीय खेल खेलेको अनुभव पनि छ । उनले अष्ट्रेलियाली घरेलु क्रिकेटमा क्विन्सल्याण्डको सफलतामा ठूलो योगदान दिएका थिए । स्टुआर्टले इङ्ल्याण्डको काउन्टी क्रिकेट पनि खेलेका थिए ।
खेल जीवनपछि प्रशिक्षकको भूमिकामा प्रवेश गरेका उनले टेष्ट राष्ट्र बङ्गलादेशको टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सन् २०११ देखि २०१२ सम्म निभाएका थिए । त्यसपछि उनले वेस्ट इन्डिज, अफगानिस्तान, श्रीलङ्का जस्ता क्रिकेटका ठुला राष्ट्रको लागि प्रशिक्षक तथा ब्याटिङ सल्लाहकारको भूमिकामा समेत काम गरेका थिए । युवा खेलाडीलाई दक्ष बनाउने क्षमताका कारण उनी एक सफल प्रशिक्षकका रूपमा चिनिन्छन् ।
भारतका झा महिला क्रिकेट टिमका कन्सल्टेन्ट प्रशिक्षक
नेपाल क्रिकेट संघ (क्यान) ले महिला विश्वकप क्रिकेट एशिया क्वालिफायरको लागि भारतीय मनिष झालाई कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको छ ।
भैरहवामा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले यो निर्णय गरेको हो । झा पूर्व भारतीय क्रिकेटर तथा अनुभवी प्रशिक्षक हुन् । दायाँ हाते ब्याट्सम्यान तथा दायाँ हाते मिडियम पेस बलरका रूपमा उनले सर्भिसेस क्रिकेट टोलीबाट घरेलु क्रिकेट खेलेका थिए ।
क्रिकेट खेलाडीका रूपमा सक्रिय जीवनलाई बिट मारेसँगै झा प्रशिक्षकका रूपमा स्थापित भए । उनले सिक्किमको सिनियर टोलीको मुख्य प्रशिक्षकका रूपमा काम गरिसकेका छन् । सन् २०२१ को फेब्रुअरीमा उत्तराखण्ड सिनियर पुरुष टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पनि निभाएका थिए । उनको नेतृत्वमा उत्तराखण्डले लगातार तीन वर्ष रणजी ट्रफीको क्वार्टरफाइनलसम्म यात्रा तय गरेको थियो ।
पुरुष क्रिकेटसँगै झाले महिला क्रिकेटमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् । उनी उत्तराखण्ड महिला क्रिकेट टोलीका प्रशिक्षक रहँदा टोलीलाई सन् २०२३–२४ सिजनको वुमन्स सिनियर वन डे ट्रफी र वुमन्स सिनियर टी-२० ट्रफीको फाइनलसम्म पुर्याएका थिए ।
पछिल्लो दुई अन्तराष्ट्रिय सिरिजमा नेपालले अत्यन्त खराब प्रदर्शन गरेको थियो । लामो समयदेखि महिला खेलाडीहरूले विदेशी प्रशिक्षकको माग गर्दै आएका थिए । झालाई यही क्वालिफायरको मात्र जिम्मेवारी दिइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दुर्गा प्रसाईं र रविन्द्र मिश्रलाई थप ५ दिन म्याद थप
- हङकङसँगकाे हारले नेपाललाई ग्लोबल क्वालिफायरको यात्रामा धक्का
- लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा, आजपनि घट्याे नेप्से
- विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुँदै (LIVE)
- नेपालबाट विदेश जाने नेपालीले लगेएक खर्ब ७० अर्बभन्दा बढी रकम
- आज संसदमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
- ‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडिओ)
- गौतम बुद्धको ४० उपदेश जसले तपाइँलाई धेरै कुरा महसुस गराउँछ
- मुद्रास्फीति ३.३९ प्रतिशत, कोशी प्रदेशमा सबैभन्दा बढी महँगी
- काेशी प्रदेश प्रमुखले दिए बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको शुभकामना
प्रतिकृया दिनुहोस