शेयर बजार मापक सूचक नेप्से हालसम्मकै उच्च बिन्दुमा, साढे ११ अर्बकाे काराेबार
- गाउँ सहर संवाददाता
- १९ श्रावण मंगलबार, २०७८ | १५:३८:०० मा प्रकाशित

काठमाडाैं । मंगलबार शेयर बजार मापक सूचक नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेकाे छ । यस दिन नेप्से सूचकले ३१ सय विन्दु माथि पुगेर हालसम्मकै नयाँ उचाइ कायम भएका छ ।
मंगलबार नेप्से ३१११.०९ बिन्दुमा पुगेको छ । यो दिन २ करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ रुपैयाँमा कारोबार भएको छ ।
यो दिन १४३ कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
मंगलबार पाँचथर पावर र रूरू जलविद्युत परियोजनाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी र स्वावलम्बन लघुवित्त गरी पाँच कम्पनीको शेयरमूल्य पनि सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ ।
यसदिन युनिलिभर नेपाल लिमिटेड कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ भने नबिल ब्यालेन्स्ड फण्ड र एनआईबिएल प्रगति फण्डको इकाईमूल्य पनि धेरैले घटेको छ ।
मंगलबार अपि पावर कम्पनीको सबैभन्दा धेरै ४६ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
यो दिन विकास बैंक र म्यूचुअल फण्डको उपसमूह बाहेक सबैमा वृद्धि देखिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
प्रतिकृया दिनुहोस