कोरोनाबाट थप २४ जनाको मृत्यु, नयाँ ३ हजार ३८३ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ३२ हजार ५९
- गाउँ सहर संवाददाता
- १९ श्रावण मंगलबार, २०७८ | १७:४७:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९९२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १६ हजार ७१८ को परीक्षण हुँदा ३ हजार ३८३ संक्रमित थपिएका छन् । जसमा ६०.११ पुरुष र ३९.८९ महिला छन् ।
आजसम्म जम्मा ३६ लाख ३३ हजार ११८ पिसिआर र ३ लाख ३१ हजार ८७९ जनाको एन्टिजेन परीक्षण भएको छ । जसमा ७ लाख २ हजार ९७ पिसिआरबाट संक्रमण पुष्टि भएका छन् भने एन्टिजेनबाट ६३ हजार ७१८ पुष्टि भएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ६८६ सघन र १६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार ९९४ छ । निको हुनेको प्रतिशत ९४ छ । योसहित कुल निको हुनेको संख्या ६ लाख ६० हजार ११६ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३७१ र होम आइसोलेशनमा रहेको संख्या २९ हजार २२ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या ३ हजार ३७ छ ।
देशमा सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ रहेको छ ।
अहिलेसम्म दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या २० लाख २ हजार ७०३ पुगेको मन्त्रालयले जनाएको छ ।
उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
पछिल्लो समय कोरोना संक्रमण सोचेजस्तो नघटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । उसले विज्ञप्ति जारी गरीसंक्रमणको दर बढेको बताएको हो । उसले लुकिछिपी मापदण्डको पालना नगरेको पाइएको बताएको छ ।
संक्रमणको जोखिम बढिरहेको समयमा झनै सम्बेदनशील रहनुपर्ने र जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नवलपरासी पूर्व, कास्की, बागलुङ, रुपन्देही र सुर्खेत रहेका छन् भने २०० माथि संक्रमित रहेका १९ जिल्लाहरु छन् ।
मन्त्रालयका अनुसार संक्रमण दर १९.३ र मृत्यु प्रति दश लाख जनसंख्यामा ३३४.४ रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस