सर्वोच्च अदालतद्वारा कर्णालीका चार एमाले सांसद पदमुक्त वैधानिक ठहर (पूर्णपाठ)
- गाउँ सहर संवाददाता
- १८ श्रावण सोमबार, २०७८ | १७:४७:०० मा प्रकाशित
काठमाडौं । कर्णाली प्रदेशमा नेकपा एमालेका तर्फबाट प्रतिनिधित्व गर्ने चार सांसद पदमुक्त भएका छन् ।
प्रदेश सभा सदस्य प्रकाश ज्वाला, अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदमुक्त गर्ने निर्णयलाई सदर गरेको छ ।
पार्टीले गरेको कारबाहीविरुद्ध सर्वोच्च पुगेका सांसदहरुको मागअनुसार यसअघि सांसद पदमा पुनर्बहाली गर्न दिएको आदेश आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले खारेज गरेको हो । न्यायाधीश प्रकाशमान सिंह राउतले सांसद पदमा पुनर्वहाली गर्न अन्तरिम आदेश दिएका थिए ।
सर्वोच्च अदालतले सोमबार दिएको आदेशमा भनिएको छ, “यसरी आफैँ समावेश भएको संसदीय दलको निर्णय विपरीत फ्लोर क्रस गरी दलको निर्णयविरुद्ध उभिई भएको कामकारबाहीलाई लोकतान्त्रिक पद्धति एवम् संस्कार र मान्यता अनुकूल एवम् नेपालको संविधान तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २८ र दफा ३२ अनुकूल भएको मान्न नसकिने हुँदा यस अदालतबाट मिति २०७८–२–२७ मा जारी भएको अन्तरिम आदेशले निरन्तरता पाउन सक्ने अवस्था नदेखिँदा उक्त अन्तरिम आदेश खारेज हुने ठहर्छ ।”


गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस