सर्वोच्च अदालतद्वारा कर्णालीका चार एमाले सांसद पदमुक्त वैधानिक ठहर (पूर्णपाठ)
- गाउँ सहर संवाददाता
- १८ श्रावण सोमबार, २०७८ | १७:४७:०० मा प्रकाशित

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा एमालेका तर्फबाट प्रतिनिधित्व गर्ने चार सांसद पदमुक्त भएका छन् ।
प्रदेश सभा सदस्य प्रकाश ज्वाला, अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदमुक्त गर्ने निर्णयलाई सदर गरेको छ ।
पार्टीले गरेको कारबाहीविरुद्ध सर्वोच्च पुगेका सांसदहरुको मागअनुसार यसअघि सांसद पदमा पुनर्बहाली गर्न दिएको आदेश आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले खारेज गरेको हो । न्यायाधीश प्रकाशमान सिंह राउतले सांसद पदमा पुनर्वहाली गर्न अन्तरिम आदेश दिएका थिए ।
सर्वोच्च अदालतले सोमबार दिएको आदेशमा भनिएको छ, “यसरी आफैँ समावेश भएको संसदीय दलको निर्णय विपरीत फ्लोर क्रस गरी दलको निर्णयविरुद्ध उभिई भएको कामकारबाहीलाई लोकतान्त्रिक पद्धति एवम् संस्कार र मान्यता अनुकूल एवम् नेपालको संविधान तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २८ र दफा ३२ अनुकूल भएको मान्न नसकिने हुँदा यस अदालतबाट मिति २०७८–२–२७ मा जारी भएको अन्तरिम आदेशले निरन्तरता पाउन सक्ने अवस्था नदेखिँदा उक्त अन्तरिम आदेश खारेज हुने ठहर्छ ।”

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस