कारोना भाइरसको संक्रमणले पछिल्लो तीन सातामा विदेशमा थप ३९ नेपालीको मृत्यु
- गाउँ सहर संवाददाता
- १७ श्रावण आइतबार, २०७८ | १२:३१:०० मा प्रकाशित

दोहा । कारोना भाइरसको संक्रमणले पछिल्लो तीन सातामा विदेशमा थप ३९ नेपालीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार संक्रमणबाट मलेसियामा ३७ जना, इराक र युगान्डामा १/१ गरी थप ३९ नेपालीको मृत्यु भएको हो ।
कोरोना संक्रमणले अहिलेसम्म भारतसहित विश्वभर २९ मुलुकमा रहेका ४ सय ८६ नेपालीको मृत्यु भएको संघले जनाएको छ । इराकमा पहिलो पटक कोरोनाले १ नेपालीको ज्यान गएको छ ।
संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख २७ हजार ९ सय ३४ जना नेपालीमा कोरोना संक्रमण भएको छ । तीमध्ये १ लाख १७ हजार ५ सय २९ जना नेपाली कोरोनामुक्त भएका छन् ।
समितिका संयोजक डा.सञ्जिव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९१ दशमलव ८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस