गाउँ सहर

कटहर : यौन दुर्बलतादेखि क्यान्सरसमेतमा फाइदा गर्ने रुखकटहर खाने कि भुईंको ? (फाेटाेकथा)

काठमाडाैं । यी कटहरका तस्वीर चाबहिलको मूल सडकका हुन् । जहाँ व्यापारी कटहर बेच्न ब्यस्त छन् । कटहर दुईखाले छन्, भुइँकटहर र रुख कटहर । धादिङ, नुवाकाेट, काभ्रे, रामेछापबाट ल्याइएका यी कटहरहरू 

कटहरमा पर्याप्त मात्रामा कार्बोहाइड्रेड, खाद्य फाइबरहरु, भिटामीन ए, भिटामी सी र विभिन्न भिटामीन बीहरु पाइन्छन् । यो पोटासियम, म्याग्नेसियम, म्याग्नेस, क्याल्सियम र फलाम जस्ता उपयोगी तत्वरुको पनि राम्रो स्रोत हो ।

कटहरको नियमित सेवनले मानिसको प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउने गर्छ । अझ पाकेको कटहरको सेवनले त क्यान्सरको सम्भावनालाई समेत कम गराउने अध्ययनहरुले देखाएको छ । कटहरको सेवन गर्ने गर्नाले मानिसको मुटु स्वस्थ रहने, पाचन प्रणाली सुदृढ हुने र खानेकुराहरु राम्ररी पच्ने गर्छ ।

कटहरले खानेकुराको समेत काम गर्ने गर्छ । एउटा पाकेको कटहरको १० गेडा फल खाने हो भने हामीलाई कैयौं घण्टासम्म भोक नै पनि लाग्दैन अर्थात् हामी अघाउने गर्छौं । कतिपय मानिसहरु त कतिसम्म मान्छन् भने यो खाद्यान्नको अभाव भएको अवस्थामा भोकमरीलाई कम गर्नका लागि एउटा राम्रो खाद्यस्रोत समेत बन्न सक्छ ।

 यहाँ कटहरका फाइदाहरु :

कटहर कार्बोहाइड्रेटको राम्रो स्रोत हो ।

- थाइराइडका समस्या हुनेहरुका लागि कटहरको सेवन उपयोगी मानिन्छ ।

- कटहरमा मनग्गे मात्रामा पाइने भिटामीन सीका साथै सहजै पच्ने गुलियोले मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने गर्छ ।

- शरीरलाई दैनिक रुपमा चाहिने पोटासियमको आवश्यकताका १४ प्रतिशत एक एक कप पाकेको कटहर खाँदा आपूर्ति हुन सक्छ ।

 

- कटहरमा पर्याप्त मात्रामा खानयोग्य फाइबरहरु हुन्छन् भने त्यसमा पर्याप्त मात्रामा पानी समेत पाइन्छ । यी दुवै चीजहरुले हाम्रो पाचन प्रणालीलाई सही ढंगले काम गर्न सहयोग गर्छ र हामीलाई कब्जियतलगायत पाचनप्रणालीसम्बन्धी समस्याहरुबाट जोगाउँछ ।

- कहटरमा फ्लाभोनोइडस् र फेनोल जस्ता एन्टिअक्सिडेन्ट तत्वहरु पर्यापत मात्रामा पाइन्छ । यी तत्वहरुले हाम्रा खराब भएका कोषहरुमा पैदा हुने विकारहरुलाई डिएनए तहमै हटाउने काम गर्छ । अक्सिजन र्याडिकल्सको रुपमा पैदा हुने त्यस्ता विकासहरुले रेटिनाका कोषहरुलाई नोक्सान गर्ने र आँखाका समस्याहरु पैदा गराउने सम्भावना रहन्छ ।

- कटहरमा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट तत्वहरु पाइने गर्छ । तिनले हाम्रा कोष डीएनएहरुलाई नष्ट हुनबाट जोगाउँछ । स्टार्चयुक्त टाँसिने प्रकृतिको हुनाले पाकेको कटहरको फलले आन्द्रालाई सफा तुल्याउने काम पनि गरिरहेको हुन्छ । र, त्यो क्रियाबाट यसले हामीलाई आन्द्राको क्यान्सर लाग्ने सम्भावनाबाट बचाउने काम पनि गरिरहेको हुन्छ । 

- कटहरमा खनिज पदार्थहरु तथा भिटामीन ए, सी, इ का साथसाथै फोलिक एडिस, नाइसिन र भिटामीन बी६ पाइन्छ । यसबाहेक, कटहरमा रातो रक्तकोष उत्पादनका लागि आवश्यक म्याग्नेस, म्याग्नेसियम र कपर पनि पाइन्छ । 

- एक मुठ्ठी कटहरुमा करिब ५६.१ ग्राम क्याल्सियम हुन्छ । त्यो भनेको हाम्रो दैनिक क्याल्सियम आवश्यकताको करिब ६ प्रतिशत हो । 

- कटहरमा पाइने भिटामीनहरु तथा एन्टिअक्सिडेन्ट तत्वहरुले छाला स्वस्थ र चम्किलो राख्न सहयोग गर्छ ।

- आयुर्वेदिक मान्यताका अनुसार, पाकेको कटहरको सेवनले वीर्यमा शुक्रकीटको संख्या बढ्छ । त्यसका साथसाथै, शुक्रकीटलाई स्वस्थ र बलियो पनि तुल्याउँछ । त्यसअनुसार, कटहरले यौन शिथिलता र दुर्बलता हटाउने, मानिसमा कामेच्छा जागृत गराउने काम गर्छ ।

तस्बिर-गाउँसहर ।

गाउँ सहर डेस्क

तपाईँको मत