खेल

लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल

काठमाडाैं ।  नेपालले लाओसमाथि शानदार जित दर्ता गरेको छ। स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाकाे पहिलाे कप्तानी खेलेकाे खेलमा नेपालले शानदार सुरुआत गरेको छ

एएफसी एसियन कप छनोट अन्तर्गत समुह चरणको आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० को फराकिलो जित दर्ता गरेको हो। 

नेपालको जितमा साम्बाले पाँच गोल गरिन्। अनिता बस्नेत, सरु लिम्बु, रश्मी कुमारी घिसिङ र अनिता केसीले समान एक गोल गरे। 

खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको खेलमा नेपालले दोस्रो हाफमा ७ गोल थप्यो।  

पहिलो हाफको १२ औँ मिनेटमा अनिता बस्नेतको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो। सविता रानामगरको लामो क्रसमा रश्मीले सावित्रा भण्डारीलाई दिएको पासमा साम्बाले नै अनिता बस्नेतलाई दिएको पासलाई नियन्त्रणमा लिर्दै उत्कृष्ट गोल गरेकी थिईन्। 

पहिलो हाफमा नै सविताको प्रहार सेकेण्ड बार नजिकबाट बाहिरिदा नेपालले अग्रता दोब्बर पार्ने सुन्दर मौका गुमायो। 

पहिलो हाफको ४४ औँ मिनेटमा साम्बाको हेडर गोलमा नेपालले अग्रता दोब्बर पार्यो। अनिता बस्नेतको क्रसमा साम्बाले हेडर गोल गरिन्। 

खेलको ४७ औँ मिनेटमा सरु लिम्बुको गोलमा नेपालले लाओसविरुद्ध ३–० को अग्रता लिएको हो। सविता राना मगरको पासमा सरुले बललाई पोष्टको जाली चुमाएकी थिईन्। 

खेलको ४५ औँ मिनेटमा सविताले डिबक्स नजिकबाट गरेको प्रहार सिधै लाओसकी कप्तानको हातमा पुग्यो। 

खेलको ५५ औँ मिनेटमा साम्बाले व्यक्तीगत दोस्रो गोल गर्दा नेपालले ४–० को अग्रता लिएको हो। 

५६ औँ मिनेटमा रश्मी कुमारी घिसिङको गोलमा नेपालले ५–० को फराकिलो अग्रता बनायो। रेनुकाको पासमा रश्मीले बललाई पोष्टको गति दिएकी थिईन्। 

खेलको ७५ औँ मिनेटमा साम्बाले टोलीका लागि छैटौँ गोल गर्दा ह्याट्रिक पूरा गरिन्। लगत्तै  एक मिनेटमा नै साम्बाले चौथो गोल गर्दा नेपालले ७–० को फराकिलो अग्रता बनाएको हो।

खेलको ३ औँ मिनेटमा अनिता केसीको गोलमा नेपालले ८–० को अग्रता बनायो। अनिता केसी वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी थिईन्। खेलको ८ औँ मिनेटमा साम्बाले व्यक्तीगत ५ गोल गर्दा नेपालले ९–० को फराकिलो जित दर्ता गर्यो

गाउँ सहर संवाददाता

तपाईँको मत