कोरोनाको संक्रमण दर २४.२ प्रतिशत, थप ३३ जनाको मृत्यु, सक्रिय संक्रमित २९ हजार ४४४
- गाउँ सहर संवाददाता
- १३ श्रावण बुधबार, २०७८ | १६:४०:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७९१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १५ हजार ८०८ को परीक्षण हुँदा ३ हजार ८४० संक्रमित थपिएका छन् । काठमाडाैँ उपत्यकामा मात्रै ८५९ थपिएका छन् ।
आजसम्म जम्मा ३५ लाख ७४ हजार ८६४ पिसिआर र ३ लाख ४ हजार ६२४५४६ जनाको एन्टिजेन परीक्षण भएको छ । जसमा ६ लाख ८८ हजार ३०७ पिसिआरबाट संक्रमण पुष्टि भएका छन् भने एनि्टजेनबाट ५ लाख ८ हजार ५५० पुष्टि भएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ६११ सघनमा र १६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार ९९३ छ । योसहित कुल निको हुनेको संख्या ६ लाख ४९ हजार ७२ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३४९ र होम आइसोलेशनमा रहेको संख्या २६ हजार ६५२ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ७९२ छ ।
देशमा सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ रहेको छ ।
अहिलेसम्म दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या १५ लाख ३ हजार ३१२ पुगेको मन्त्रालयले जनाएको छ ।
उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
प्रदेश स्तरमा हेर्दा गण्डकी प्रदेशमा संक्रमण दर ६२ प्रतिशत पुष्टि भएको छ भने प्रदेश १ मा २७.५ प्रतिशत छ । जुन अन्यको तुलनामा बढी हो ।
पछिल्लो समय कोरोना संक्रमण सोचेजस्तो नघटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । उसले विज्ञप्ति जारी गरी संक्रमणको दर बढेको बताएको हो । उसले लुकिछिपी मापदण्डको पालना नगरेको पाइएको बताएको छ ।
संक्रमणको जोखिम बढिरहेको समयमा झनै सम्बेदनशील रहनुपर्ने र जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस