दिगोविकास

लगानीकर्ताले पुँजीगत लाभकर जम्मा नभएको गुनासो गरेपछि नेप्सेकाे यस्ताे सूचना

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सम्पूर्ण लगानीकर्तालाई स्थायी लेखा नम्बर (प्यान) रुजु गर्न अनुरोध गरेको छ। 

अधिकांश लगानीकर्ताको स्थायी लेखा नम्बर फरक फरक प्रविष्टि हुँदा सो नम्बर आन्तरिक राजस्व कार्यालयको वेबसाइटमा अपलोड हुन नसकेको नेप्सेले बताएको छ । 

लगानीकर्ताहरुबाट स्थायी लेखा नम्बरमा पुँजीगत लाभकर जम्मा नभएको गुनासो आएको र फरक फरक स्थायी लेखा नम्बर प्रविष्टिका कारण यसो हुन गएको नेप्सेको भनाइ छ।

गलत स्थायी नम्बर प्रविष्टिका कारण लगानीकर्ताको वास्तविक स्थायी लेखा नम्बरमा लाभकर जम्मा नभए नेप्से जिम्मेवार नहुने पनि बताइएको छ।

गाउँ सहर संवाददाता