अर्थतन्त्र

सुनको मूल्यमा सामान्य बृद्धि

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा सामान्य बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ थियो ।

तेजाबी सुनको मूल्य तोलामा पनि एक सय रुपैयाँले बढेर ९१ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य स्थिर रहि तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

गाउँ सहर संवाददाता