वातावरण

बागमतीमा भारी वर्षा

काठमाडाैँ । देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । देशभर सामान्य बदलीको अवस्था छ । बागमती प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

देशभर साेमबार दिउँसाे सामान्य देखि पूर्ण बदली  रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै साेमबार राति  देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश तथा प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता