नेपाल सेफ सोसाइटी युएईले दियो बाढी पीडितलाई राहत
- गाउँ सहर संवाददाता
- १० श्रावण आइतबार, २०७८ | २२:०५:०० मा प्रकाशित
काठमाडौं । मेलम्चीका बाढी पहिरोबाट पीडित सिन्धुपाल्चोक नगरपालिका वडा नं. १० र ११ का नागरिकलाई नेपाल सेफ सोसाइटी युएईले खाद्यान्न सहयोग गरेको छ ।
साेसाइटीले मेलम्चीमा २० घर परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको हो । प्रतिपरिवारका एक बोरा चामल, दुई लिटर तेल, दुई किलो नुन, दुई किलो चिनी र मास्क सहित अन्य खाद्यान्न सामग्रीहरु वितरण गरिएकाे सोसाइटीका सल्लाहकार बसन्त राईले जानकारी दिए ।
मेलम्चीका समाजसेवी, नेपाली कांग्रेसका नेता सागर श्रेष्ठ तथा स्थानीय प्रतिनिधिहरुको सहयोगमा बाढी पीडितहरुलाई सामग्री हस्तान्तरण गरिएको साेसाइटीका महासचिव`अरुण अधिकारीले बताए ।
युएई बस्ने नेपाली सेफहरुले संकलन गरेको रकमले यस्तै प्रभावितलाई केही राहत मिलोस् भन्रे जनभावनाका साथ सो सामग्री वितरण गरेिएकाे अधिकारीले बताए ।
सोसाटीका अध्यक्ष श्याम अमगाई, महासचिब अरुण अधिकारी, कोषाध्यक्ष राजकुमार गिरी लगायतको सक्रियतामा संकलन गरिएकाे रकमबाट सामाग्री खरिद गरिएकाे थियाे ।
उक्त कार्यक्रमको लागि सोही जिल्लाबासी संस्थाका सदस्य शम्भु चौलागाईं तथा समाजसेवी केन्द्रिय कोषाध्यक्ष राजकुमार गिरीको विशेष पहलमा उक्त रकम बिनियोजन गरिएको थियो ।
सोसाइटी युएईले विगत देखि नै विभिन्न प्राकृतिक प्रकोप तथा दैवी प्रकोपमा परेका पीडितहरुलाई सहयोग लगायत काेभिड (१९) को कारणबाट पीडितहरुलाई समेत नि:शुल्क रुपमा खाना वितरण जस्ता सहयोग गर्दै आएको छ भने आगामी दिनमा समेत यसकार्यलाई निरन्तरता दिइने अध्यक्ष श्याम अमागाइले बताएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
प्रतिकृया दिनुहोस