गाउँ सहर

मुडा प्रहार गरी पतिको हत्या गरेको अभियोगमा पत्नी पक्राउ

दैलेख । मुडा प्रहार गरी आफ्नै श्रीमान ३५ वर्षीय खगेन्द्र मल्लको हत्या गरेको अभियोगमा नारायण नगरपालिका-११ टाटामकु डाँडा टोल बस्ने उनकै श्रीमती ३२ वर्षीया सुसिला मल्ललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सुसिलाले बिहीबार राति किला ठोक्ने मुडाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका खगेन्द्रको जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दैलेख र अस्थाई प्रहरी पोष्ट लोहोरेबाट खटिएको प्रहरीले सुसिलालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

गाउँ सहर संवाददाता