वातावरण

एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडाैँ । २०७८ साउन १ गते (शुक्रबार) जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी तथा गण्डकी प्रदेशका एक-दुई  स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको  सम्भावना रहेको छ ।

यस्तै राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, गण्डकी, लुम्बिनी तथा सुदूर-पश्चिम प्रदेशका थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता