पाँच विद्यार्थी संगठनकाे चेतावनी- यातायातमा बढाएको भाडा फिर्ता नलिए संघर्षमा उत्रिन्छाैँ
- गाउँ सहर संवाददाता
- ३१ असार बिहीबार, २०७८ | १६:१२:०० मा प्रकाशित
काठमाडौं । पाँच विद्यार्थी संगठनले ओली सरकारले यातायातमा बढाएको भाडा तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन् ।
बिहीबार पाँच विद्यार्थी संगठनले विज्ञप्ति निकाल्दै यातायातमा बढाएको भाडा फिर्ता गर्न सरकारसँग माग गरेका हुन् ।
तत्काल भाडा फिर्ता नगरिए आन्दोलनमा उत्रने समेत पाँच विद्यार्थी संगठनले चेतावनी दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडाबृद्धि गरेको छ । सरकारको यो निर्णयले नेपालको विद्यार्थी आन्दोलनलाई आक्रोशित बनाएको छ । भाडा बृद्धिको निर्णय तत्काल खारेज नगरिएमा कडा संघर्षमा उत्रिने र त्यसको सम्पूर्ण जिम्मेवार सरकार हुने चेतावनी दिन चाहन्छौं ।’
पाँच विद्यार्थी संगठनले साउन १ गते भोलि यातायात व्यवस्था विभागमा ज्ञापनपत्र पेशपछि आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने नेविसंघका महामन्त्री बल्देव तिमिल्सिनाले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
प्रतिकृया दिनुहोस