अर्थतन्त्र

पुनर्निर्माणमा खटिएका प्राविधिकको संचार तथा यातायात खर्च निकासा

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत् निजी आवास पुनर्निर्माणमा खटिएका प्राविधिकहरुको संचार तथा यातायात खर्च निकासा भएको छ ।

भूकम्प प्रभावित ३२ जिल्लामा खटिएका प्राविधिकहरुले चालु आर्थिक वर्ष २०७७/७८ को श्रावण महिनादेखि पाउन बाँकी ८ करोड ३४ लाख रुपैयाँ निकासा भएको हो ।

लामो समयदेखि निकासा हुन नसकेको संचार तथा यातायात खर्च बुधबार अर्थ मन्त्रालयले निकासा गरेको होे ।

असार १३ गते प्राविधिकहरुको उपस्थितिमा प्राधिकरणमा भएको छलफलमा प्राविधिकहरुले पाउने भनी निश्चित गरिएको खर्च नियमानुसार उपलब्ध गराउने समझदारी भएको थियो ।

त्यसअघि, असार १० गते बसेको निर्देशक समितिको बैठकले निजी आवास पुनर्निर्माणमा खटिएका प्राविधिकहरुलाई संचार तथा यातायात खर्च उपलब्ध गराउने निर्णय गरेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत