भूकम्पपछिको सामाजिक–आर्थिक पुनर्स्थापनामा भएका प्रयासबारे पुस्तक
- गाउँ सहर संवाददाता
- ९ पौष बिहीबार, २०७७ | १९:३७:०० मा प्रकाशित
काठमाडौँ । भूकम्पपछिको सामाजिक–आर्थिक पुनर्निर्माणमा भएका पहलहरुका अनुभवहरु समेटेर प्रकाशित पुस्तक सार्वजनिक गरिएको छ ।
विभिन्न संस्थाहरुको सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा प्रकाशित ‘द राइजिङ फ्रम द रुइन्सः एक्सपेरियन्सेस इन लाइभ्लिहुड इन्टरभेन्सन्स्’ पुस्तक सार्वजनिक गरिएको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुस्तक विमोचनपछि मन्तव्य राख्दै प्राधिकरणले भौतिक पुनर्निर्माणसँगै सामाजिक–आर्थिक पुनर्निर्माणलाई अगाडि बढाउन यथेष्ट जोड दिएको उल्लेख गरे ।
ज्ञवालीले यी अनुभव तथा पहलहरुको अनुभव आगामी पुस्ताका लागि महत्वपूर्ण सन्दर्भ सामग्री हुने विश्वास पनि व्यक्त गरे ।
कार्यक्रममा मन्तव्य राख्दै प्राधिकरणका सचिव सुरेश आचार्यले जीविकोपार्जन र आर्यआर्जनको क्षेत्रमा प्राधिकरणको अभियानलाई सहयोग गर्ने सबै संस्थाहरुलाई धन्यवाद दिए । पुस्तक पुनर्निर्माण र पुनर्स्थापना प्रयासहरुको महत्वपूर्ण अभिलेख भएको आचार्यको जोड थियो ।
पुस्तकमा प्राधिकरणका कार्यकारी समिति सदस्य डा.विष्णु बहादुर भण्डारीसहित १८ विभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधिका अनुसन्धानमा आधारित आलेखहरु समाविष्ट छन् ।
कार्यक्रमका प्राधिकरणका कार्यकारी समिति सदस्यद्वय डा. चन्द्रबहादुर श्रेष्ठ, डा. हरिराम पराजुली, पुस्तक प्रकाशनमा सहयोग गर्ने तथा आलेख उपलब्ध गराउने संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस