फोटो

बालुवाटारबाट फर्के ओली बालकोट

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुगेका छन् ।

ओलीले सरकारी निवास छोड्दै गर्दा उनको समर्थनमा एमाले कार्यकर्ताहरु बालुवाटारस्थित सरकारी निवासमा भेला भएका थिए ।

उनलाई बालुवाटारदेखि बालकोटसम्म दुई हजार गाडी र तीन हजार मोटरसाइकलले सुरक्षा दिएर बालकोट पुर्‍याइएको एमाले नेता महेश बस्नेतले बताए ।

गाउँ सहर संवाददाता