नवनियुक्त प्रधानमन्त्री देउवाकाे सपथमा ओली गएनन्, नेपालले दिए शुरूमै बधाई
- गाउँ सहर संवाददाता
- २९ असार मंगलबार, २०७८ | २०:५८:०० मा प्रकाशित
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाकाे सपथ कार्यक्रममा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली गएनन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शतलनिवासमा देउवालाई पद तथा गोपनीयताको सपथ गराउँदा ओली उपस्थित नभएका हुन् ।
देउवाको शपथ ग्रहण हुँदा ओली प्रधानमन्त्री निवास बालुवाटारमै थिए ।
देउवाको शपथ ग्रहण कार्यक्रममा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भने उपस्थित थिए ।
शपथपछि उद्घोषकले प्रधानमन्त्री देउवालाई सामाजिक दुरी कायम गरेर बधाई दिन भनेका थिए । बधाई दिने पहिलो व्यक्ति बने नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल ।
माधव नेपालले देउवासँग हात मिलाएरै बधाई दिएका हुन् । माधवकुमार नेपाल पक्षकै २६ जना सांसदको हस्ताक्षरको सहयोगमा देउवा प्रधानमन्त्री बनेका हुन् ।
त्यसपछि क्रमश नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता तथा सांसदहरुले बधाई दिएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस