गाउँ सहर

काठमाडाैं उपत्यकामा आज ५९७ संक्रमित थपिए

काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४१०, भक्तपुरमा ८० र ललितपुरमा ९७ जना संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ३ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ ।

गत २४ घण्टामा २ हजार ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर २६ हजार २ सय ६१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता