एएफसी यू–२३ एसियन कप छनोट खेलकाे तालिका सार्वजनिक, नेपाल समूह 'बी' मा
- गाउँ सहर संवाददाता
- २५ असार शुक्रबार, २०७८ | १४:४२:०० मा प्रकाशित

काठमाडाैं । एएफसी २३ वर्षमुनिको एसियन कप छनोटमा फुटबलमा नेपाल समूह 'बी' मा परेको छ । एएफसीले आज शुक्रवार सार्वजनिक गरेको छनोटको समूह विभाजनमा नेपाल समूह 'बी' मा परेको हो ।
ताजिकिस्तानमा हुने समूह 'बी' छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ ।
नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । समूह 'बी' को छनोट खेल आउँदो अक्टोबर २३ देखि ३१ सम्म हुनेछ । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग खेल्नेछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तान र अन्तिम खेल लेबनानसँग खेल्नेछ ।
छनोटमा रहेका ११ समूहका शीर्ष टोलीले एएफसी २३ वर्षमुनिको एसियन कप खेल्ने छन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि छनोट हुने छन् ।
उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस