कोरोना संक्रमितमध्ये ५३९ सघनमा र १६६ जनाको भेन्टिलेटरमा उपचार हुँदै, थप २० जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- २५ असार शुक्रबार, २०७८ | १६:३०:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाबाट अहिलेसम्म ९ हजार ३४० को मृत्यु भएको छ । यस्तै कुल संक्रमित ६ लाख ५२ हजार ८५९ पुगेका छन् भने निको हुने ६ लाख १६ हजार ९२९ छन् ।
पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ३१३ को परीक्षण हुँदा २ हजार २३९ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ५३९ सघनमा र १६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार ३१६ छ । निको हुनेको प्रतिशत ९४.५ रहेको छ ।
आजसम्म ३४ लाख ३ हजार ४१० जनाको पिसिआर टेस्ट भएको छ भने एन्टिजेन विधिबाट २ लाख २७ हजार २०७ को टेस्ट भएको छ । देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३०५ र होम आइसोलेशनमा रहेको संख्या २३ हजार ९२० छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ६७० छ । देशमा सक्रिय संक्रमितको संख्या २६ हजार ५९० रहेको छ ।
अहिलेसम्म दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या ९ लाख ६४ हजार ५०८ पुगेको मन्त्रालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
प्रतिकृया दिनुहोस