एमाले कार्यदलको बैठक साँझ फेरि बस्ने गरि स्थगित, दुवै पक्ष आ-आफ्नाे समूहमा छलफल गर्दै
- गाउँ सहर संवाददाता
- २४ असार बिहीबार, २०७८ | १३:३३:०० मा प्रकाशित
काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलको बैठक साँझ सात बजेसम्मका लागि स्थगित भएको छ ।
सिंहरबारमा करिब एक घण्टा छलफल गरेपछि साँझ सात बजेसम्मका लागि बैठक स्थगित भएको कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिए ।
छलफल सकारात्मक रहेकाे नेम्वाङकाे प्रतिक्रिया छ ।
हिजो साँझ एमाले अध्यक्ष केपी ओली र नेता माधव नेपालबीच छलफल भएको थियो । ओली–नेपाल छलफल अघि बुधबार पनि कार्यदल बैठक बसेको थियो । कार्यदलकोबैठक सोमबारदेखि निरन्तर बसिरहेको छ ।
अहिले संस्थापन पक्षका विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आन्तरिक छलफलमा जुटेका छन् ।
माधव पक्षका कार्यदल सदस्यहरू वार्तास्थल अर्थमन्त्रालयमा आन्तरिक छलफलमा छन् ।
एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा अध्यक्ष केपी ओली समूहबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । यता नेपाल समूहबाट भीम रावलको संयोजकत्वमा, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस