राजनीति

एमाले कार्यदलमा १० बुँदे सहमति (पत्रसहित)

काठमाडं । नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदलमा सहमति जुटेको छ ।

विवाद मिलाउन आज विहानैदेखि बसेको कार्यदल बैठ करिव १३ घण्टापछि १० बुँदे सहमति गरेको छ ।

विहान ९ बजेदेखि बसेको कार्यदलले पार्टीभित्र देखिएको विवाद समाधानका लागि १० बुँदे सहमति गरेको हो ।

एमाले एकतावद्ध रुपमा अगाडि बढ्नेगरी सहमति कायम भएको उपाध्यक्ष भीम रावलले जानकारी दिए । उनले भने,‘कार्यदलको तर्फबाट १० बुँदे सहमति गरी हस्ताक्षर गरेर नेतृत्वसमक्ष प्रस्तुत गर्नेछौँ ।’

एमालेभित्रको विवाद मिलाउन सिंहदरबारस्थित अर्थमन्त्रालयमा बिहान ९ बजेदेखि बसेको बैठक राति १० बजे सकिएको हो ।

गाउँ सहर संवाददाता