एमाले कार्यदल बैठक सिंहदरवारमा शुरु, छलफल सहमतिसहित टुंगो पुग्ला ?
- गाउँ सहर संवाददाता
- २७ असार आइतबार, २०७८ | १०:१४:०० मा प्रकाशित
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउने जिम्मेवारी पाएको कार्यदलको बैठक सिंहदरवारमा शुरुभएको छ । अर्थ मन्त्रालयको कार्यकक्षमा शुरु भएको बैठकमा कार्यदलका सदस्यहरुले सहमतिपत्रलाई अन्तिम रुप दिई त्यसमा हस्ताक्षर गर्ने तयारी रहेको नेताहरुले बताएका छन् ।
पार्टीका अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालसँग आन्तरिक परामर्शपछि सहमतिको बुँदालाई अन्तिम रुप दिन कार्यदलका सदस्यहरु अहिले विहान साढे नौ बजेदेखि बैठकमा जुटेका हुन् ।
कार्यदलका सदस्यहरुले सहमतिलाई हस्ताक्षरसहित अन्तिम रुप दिएपछि आज दिउँसोका लागि स्थायी कमिटी बैठक बोलाउने तयारी एमालेले गरेको छ । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले आज दिउँसोका लागि स्थायी कमिटी बोलाउने तयारी भएको बताए । स्थायी कमिटी बैठकमा सहमतिका बुँदाबारे सामान्य व्रिफिङपछि अनुमोदन हुने नेता तामाङले जानकारी दिए ।
दश सदस्यीय कार्यदलका सदस्यहरु पछिल्लो समय गत सोमबारदेखि घनिभूत छलफलमा जुटेका छन् । कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल सदस्य रहनुभएको छ । त्यस्तै नेता नेपालको तर्फबाट भीमबहादुर रावल, घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् ।
दुबै पक्षका कार्यदल सदस्यले आज निष्कर्षमा पुग्ने तयारी भइरहेको बताएका छन्। यसअघि शनिबार पनि कार्यदलको बैठक बसेको थियो ।
कार्यदलमा नेपाल पक्षले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षरबारे फैसला कुर्ने, पार्टीका सबै निर्णयहरू सहमतिका आधारमा हुनुपर्नेलगायत कुरालाई बटम लाइन बनाएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस