दिगोविकास

चाँदीको मूल्य घट्यो, सुनको भने बढ्यो

काठमाडाैं । असार २४ गते बिहीबार, सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य केही घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकेको छ । यो अघिल्लो दिन अर्थात बुधबारको तुलनामा १०० रुपैयाँ बढी हो। बुधबार यस्तो सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, यस दिन तेजावी सुनको मूल्य १०० रुपैयाँ बढेर ९१ हजार ८०० रुपैयाँ पुगेको छ ।

यता चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ घटेको छ। बुधबार प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ ।

गाउँ सहर संवाददाता